काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले धेरै हो । गत वर्षको पुससम्म कम्पनीले ५१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ७९ करोड ८१ लाख रुपैयाँबाट बढेर ९१ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । वित्तीय खर्च १२ करोड ४० लाखबाट घटेर ११ करोड १५ लाख कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भमा १ अर्ब ३३ करोड रुपैयाँ जम्मा छ । यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रति सेयर आम्दानी १७.३४ रुपैयाँ कायम रहेको छ । प्रति सेयर नेटवर्थ १४२.६८ रुपैयाँ छ।


