CLI

अपि पावरको विद्युत बिक्रीबाट हुने आम्दानी ९५ करोड ९२ लाख, कति कमायो नाफा ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेको कारण कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८५ करोड ८० लाखबाट बढेर ९५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च भने ३३ करोड ९३ लाखबाट घटेर २१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब ६ करोड ८३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ११७.५८ रुपैयाँ रहेको छ । कम्पनीको अन्य आम्दानी ८८ लाख १९ हजार रहेको छ ।

Leave Your Comment

Related News