CLI

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी करिब ४० रुपैयाँ

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्ममा यस कम्पनीले ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विद्युत बिक्री आम्दानी १ अर्ब ६१ करोड ५६ लाखबाट बढेर १ अर्ब ७० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, वित्तीय खर्च भने ४४ करोड ६ लाखबाट घटेर ३१ करोड ४३ लाख कायम भएको छ । वित्तीय आम्दानी १६ लाख १२ हजार रुपैयाँ रहेको छ ।

४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब २२ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३९.५७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७०.७२ रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News