CLI

साल्ट ट्रेडिङको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँबाट बढेर ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । साथै, अन्य आम्दानी पनि घटेको छ । त्यसैले नाफा बढेको हो । ब्याज खर्च भने २८ करोड ८४ लाखबाट घटेर १६ करोड ६२ लाख रुपैयाँ झरेको छ ।

३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News