CLI

स्नो रिभर्सको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यमा कुल ९३ हजार ७५० कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८२ हजार ८५ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख २८ हजार ९८० कित्ताका लागि आवेदन परेको थियो ।

मागभन्दा १०.९८ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो। जसमध्ये ९ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन सानिमा क्यापिटलले गरेको हो।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

Leave Your Comment

Related News