CLI

एफएनसीसीआई निर्वाचन : वस्तुगत संघतर्फ १३ पदका लागि २७ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । यही २९ र ३० गते हुने ६० औं वार्षिक साधारण सभाबाट निर्वाचित गर्नुपर्ने कार्यकारिणी समितिको निर्वाचनको लागि उम्मेद्वाहरुको प्रारम्भिक सूची सार्वजनिक गरिएको हो ।

वस्तुगत संघतर्फ १३ पदका लागि २७ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । वस्तुगत संघ सदस्यतर्फ १३ पदका लागि २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रघुनन्दन मारु (नेपाल सिमेन्ट उत्पादक संघ), विप्लव अधिकारी (नेपाल औषधी उत्पादक संघ ), निराजन बहादुर चलाउने (नेपाल संगित उद्योग संघ ), सुरज बन्जाडे (फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल), सुवोध कुमार गुप्ता (नेपाल चामल, तेल, दाल उद्योग संघ), भक्ति बहादुर हमाल (रसायन तथा मेडिकल आपूर्ति संघ) , पशुपती देव पाण्डे (नेपाल तयारी पोशाक उद्योग संघ), राजेन्द्र संग्रौला (नेपाल फ्रेट फर्वाडर एशोसिएशन ), कृष्ण श्रेष्ठ (नेपाल कागज उद्योग संघ), दुर्गा प्रसाद सुवेदी (नेपाल कुरियर सेवा संघ), सागर ढकाल (स्टक ब्रोकर एसोसिएसन अफ नेपाल) , हरिबहादुर कार्की (नेपाल निर्यात परिषद् ) र लिलेन्द्र प्रसाद प्रधान (नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन ) ले उम्मेदवारी दर्ता गराएका हुन् ।

बिदुर धमला (नेपाल जग्गा तथा आवास विकास संघ ), ध्रव बहादुर गौतम ( नेपाल बोटल वाटर उद्योग संघ), राजेश भक्त श्रेष्ठ (फ्लोरिकल्चर एसोसिएसन नेपाल), धन प्रसाद लामिछाने (नेपाल पश्मिना उद्योग संघ), एव बहादुर मगर (नेपाल बायोग्यास प्रर्वदन संघ), बसन्तचन्द्र मरहठा (नेपाल बिउ व्यवसायी संघ), राज कुमार कार्की (राजु) (नेपाल कुचो संघ), होम प्रसाद घिमिरे (नेपाल प्लाइउड उत्पादक संघ), धर्म राज सापकोटा (नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ), रविन पुरी (नेपाल दाना उद्योग संघ), अरनिको राजभण्डारी (नेपाल आईसक्रिम उद्योग व्यवसाय संघ), संघर्ष विष्ट (रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल), नानिराज घिमिरे (नेपाल चलचित्र निर्माता संघ ) र प्रल्हाद दाहाल (नेपाल डेरी एसोसिएसन) ले उम्मेदवारी दर्ता गराएका हुन् ।

Leave Your Comment

Related News