काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सो आइपीओ बाँडफाँट भएको हो ।
कम्पनीले वैशाख ३ गतेदेखि बैंशाख ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारण सेयरधनीहरुका लागि निष्काशन गरेको थियो ।
सो निष्काशनमा कुल २७ लाख ३० हजार ९८७ योग्य आवेदकले २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ३ लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


