काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २८ करोड ९४ लाख रुपैयाँबाट बढेर ३२ करोड ७४ लाख पुगेको छ । कम्पनीले १६ लाख ७९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । यस्तै कम्पनीको वित्तीय खर्च १३ करोड १७ लाखबाट घटेर १० करोड ४१ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ भने २ करोड १७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.४६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९७.७८ रुपैयाँ छ ।


