काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.७० प्रतिशत कम हो । गत वर्ष कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३९ करोडबाट बढेर ७ अर्ब ४६ करोड पुगेको छ । यता, बिक्री लागत भने बढेको छ । कुल आम्दानी भने १ अर्ब २ करोडबाट घटेर ९४ करोड ८६ लाख कायम भएको छ ।
वित्तीय खर्च ३४ करोड ४२ लाखबाट घटेर २२ करोड १० लाख कायम भएको छ । १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अदर इक्विटीमा ७ अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ छ ।


