CLI

लगानी बोर्डद्धारा ३ वटा उर्जा परियोजनाको लागि १ खर्ब १५ अर्ब लगानी स्वीकृति, ग्रीन हाइड्रोजन पनि समावेश

काठमाडौं । लगानी बोर्डले तीन वटा उर्जा सम्वन्धि परियोजना विकासका लागि विभिन्न चरणको काम सम्पन्न गरेको छ । बोर्डले तीन वटा परियोजनाका लागि १ खर्ब १५ अर्ब बराबरको लगानी स्वीकृति तथा समझारदी पत्र (एमओयू) सम्पन्न गरेको जनाएको छ ।

बोर्डले चालु आर्थिक वर्षमा रु १ खर्ब १५ अर्ब बराबरको लगानी स्वीकृति तथा समझारदी पत्र (एमओयू)   सम्पन्न भएको छ। सोही क्रममा   तल्लो अप्सुवा जलविद्युत परियोजनाको  लागि रु  ८ खर्ब ८४ अर्ब  र बेतन कर्णाली जलविद्युत परियोजनाको लागि रु  ९३ खर्ब ४ अर्ब) को लगानी स्वीकृत गरिएको हो ।  ग्रीन हाइड्रोजन  परियोजनाको लागि रु  ६ .५ अर्बको विस्तृत प्रतिवेदन रिपोर्ट (डीपीआर)   तयारीका लागि समझारदी पत्र (एमओयू)  सम्पन्न गरिएको  छ।

बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ भित्र निजी क्षेत्रसँग रु  ७ खर्ब बराबरको परियोजना विकास सम्झौता र रु ४ खर्ब बराबरका आयोजनाको निर्माण कार्य थालनी गरिने बताएको थियो । लगानी बोर्डको संस्थागत क्षमता विकास गरिने समेत प्रतिवद्धता व्यक्त गरिएको थियो । सो कामका लागि अर्थ मन्त्रालयले चालु आवक लागि लगानी बोर्ड, नेपालका लागि रु ७४ करोड विनियोजन गरिएको हो।

यसका अलवा बोर्डले  पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजना (रु. ६.८ अर्ब) को DPR तयारीका लागि MoU सम्पन्न भएको छ। १००० मेगावाट सोलार (Agrovoltaic) परियोजना (कोशी प्रदेश) (रु. ६३.५ अर्ब), ICT Park परियोजना (रु. ३० अर्ब), Auto SEZ Park (रु. १६ अर्ब), बीरगञ्ज–हेटौँडा–काठमाडौं पथ परियोजना (रु. ७१ अर्ब), International Seabed Mining परियोजना (रु. ७० अर्ब), तथा परिष्कृत खाद्य तेल र अन्य सम्बन्धित उत्पादन उत्पादन गर्ने परियोजना (रु. ६ अर्ब) का सम्बन्धमा पछिल्ला बोर्ड बैठकहरूबाट निर्णय भई प्रक्रिया अघि बढाइएको जनाएको छ।

 

Leave Your Comment

Related News