CLI

इप्पान अध्यक्ष कार्की र उपमहासविच दुलालबीच चर्कियो विवाद

काठमाडौं । उर्जा उत्पादकहरुको साझा छाता संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) मा नेतृत्व चयन प्रणालीलाई लिएर विवादन उत्पन्न भएको छ । विवाद उत्पन्न हुँदा इप्पान अध्यक्ष गणेश कार्की र उपमहासविच प्रकाशचन्द्र दुलाल आमने सामने हुन पुगेका छन् ।

दुलालले कार्कीलाई विधान मिचेर हिडेको आरोप लगाएका छन् । दुलालले प्रेस विज्ञप्ति जारी गर्दै इप्पान अध्यक्ष श्री गणेश कार्कीज्यूको प्रेस विज्ञप्तीका सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । दुलालले जारी गरिएको विज्ञप्तिमा कार्कीले संस्थाको विधान मिचेर अघि बढेको आरोप लगाएका छन् ।

‘उर्जा उत्पादकहरुको साझा छाता संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणभा यहि जेष्ठ २९ गते हुनगइरहेको छ । यो साधारणसभाको अजेण्डाहरुमा २३ औं सधासारणभाबाट संस्थालाई महासंघ रुपान्तरणगर्ने विषयमा भएको निर्णय र संस्थाको विधान संसोधनको विषय सँगै कार्यसमितिको निर्वाचन समेत छ । हाल कायम संस्थाको कार्यसमितिले २१ औं सधासारणभाबाट निर्वाचित भएर ३ वर्षे कार्यकालमा २३ औं साधारण सभाबाट सर्वसम्मतीले पारित गरेको विधान संसोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र २४ साधारणसभामा कार्य समितिको निर्वाचन गर्नुुपर्ने दायित्व भुलेर कार्यसमितिको बहुुमतको नाममा साधारण सभाको निर्णयलाई कार्यान्वयन नगर्ने कार्य भएकोले संस्थाको विधानत सो गर्न नमिल्ने भनि मैले २०८३ वैशाख ३१ को पत्र (इप्पानको दर्ता नं. ५५ (०८२।०८३)) मार्फत इप्पान कार्य समिमिा निवेदन पेश गरेको विषयलाई विषयान्तर गरि संस्थालाई वैधानिक तवरले अघि वढ्न गरिएको आग्रहलाई संस्थाका अध्यक्ष श्री गणेश कार्कीज्यूबाट मिति २०८३।०२।२५ गते जारी भएको प्रेस विज्ञप्तीको सन्दर्भमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ,’ दुलालले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

दुलालले अध्यक्ष कार्की द्धारा जारि प्रेस विज्ञप्तीको अनुच्छेद २ मा २०८० साल जेष्ठ ३२ गते सम्पन्न इप्पानको २१ औं वार्षिक साधारण सभाले श्री भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल आषढ ३१ गते सम्पन्न संस्थाको २३ औ साधारणसभा समक्ष निणयार्थ ंपेश भएको उल्लेख छ र उक्त मस्यौदा विधान इप्पानको २३ औं वार्षिक साधारण सभाले पारित गरेर सोको कायान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको विषय समेत उल्लेख छ । यस विचमा साधारणसभाबाट पारित निर्णय कार्यान्वयन नगरि संस्थालाई नविकरण नगरि राखेर मिति २०८३ साल बैसाख ४ गते सम्पन्न २०० औं कार्य समितिको बैठकले २३ औं वार्षिक साधारणबाट पारित विधान कार्यान्वयन गर्न नसक्ने निर्णय गरेको समेत बताएका छन् ।

यसरी साधारण सभाबाट पारित निर्णय कार्यसमितिको बैठकले काट्न मिल्दैन, साधारण सभाको अधिकार खोस्ने गरी कार्य समितिले मनोगत रुपमा निर्णय गरे कानुनी रुपमा अबैध हुन्छ भन्दै साधारण सभाले निर्णय कार्यान्वयन गर्न दिएको अख्तियारी अनुसारको जिम्मेवारी पूरा गर्ने नैतिक तथा कानुनी दायित्व अख्तियार प्राप्त व्यक्तिको हो भनेर राय व्यक्त गरेको आधारमा साधारणसभाको निर्वाचनलाई प्रवाभित गर्नेगरि आएको विज्ञप्ती प्रति मेरो आपत्ति रहेको छ । मेरो विचारमा जिम्मेवारी, अधिकार तथा अख्तियार प्रत्यायोजन गरिएको अधिकारीले कामनगर्नु साधारण सभाको र हरेक सदस्यको हक अधिकारको हनन गर्नु रहेको दुलालको भनाई छ ।

दुलाल विषयलाई प्रष्टाउने क्रममा उनले २१ औं र २३ औं वार्षिक साधारणसभाको निर्णय बारेमा समेत सबिस्तार जानकारी गराएका छन् ।

 

Leave Your Comment

Related News