CLI

२० वटा जलविद्युत आयोजनाको अध्ययन गर्दै सरकार, कुन आयोजनालाई कति गर्यो बजेट विनियोजन ? विस्तृतमा

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आगामी आथिर्क वर्ष २०८३÷८४ मा जलविद्युत आयोजना अध्ययन गर्नका लागि १७ करोड ४ लाख विनियोजन गरेको छ । उक्त रकम २० वटा जलविदुत अयोजनाको विभिन्न पक्षको अध्ययनको लागि विनियोजन गरिएको हो ।

मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवका अनुसार विभिन्न जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर), वातावरणीय अध्ययन (इएस) देखि लिएर पहिलो चरणको अध्ययनका लागि सो रकम विनियोजन गरिएको हो । विभिन्न प्रदेश तथा स्थानीय तहमा रहेको जलविद्युत आयोजनाको विभिन्न प्रकारको अध्ययनको लागि सो रकम विनियोजन गरिएको हो ।

क्रमसंख्याको पहिलो दोस्रो र तेस्रोमा क्रमशः मनाहरी , मार्दी , यानमा खोला आायेजना रहेका छन् । ती आयोजनाहरुलाई क्रमश ः ५७ लाख, ८३ लाख र ५५ लाख बजेट छुटाइएको छ । सबैभन्दा बढी बजेट भने खिम्ती ठोसे सिवालय जलविद्युतलाई २ करोड ८१ लाख, सुरनयागाड जलाशययुक्तलाई १ करोड ७२ लाख र त्यसपछि क्रमशः चेरा १ जलासयुक्तलmाई १ करोड ३२ लाख, भेरी २ लाई १ करोड १७ लाख रकम छुटाइएको छ ।
यी हुन् अध्ययन गरिने जलविद्युत आयोजना र विनियोजित बजेट

Leave Your Comment

Related News