काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम निगम सञ्चालक समितिको २०८३ असार १ गते बसेको बैठकले साविकको मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भएतापनि स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको अवस्थामा हालको मूल्यलाई नै कायम राखिएको निगमले जनाएको छ ।



