काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको ६२औं बैठक ले उक्त निर्णय गरेको हो। कम्पनीले बीमा ऐन, २०७९ तथा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम आर्थिक वर्ष २०८१/८२ सम्मको वित्तीय विवरण स्वीकृत गरी नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको जनाएको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. २ अर्ब ३१ करोड को आधारमा उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव अघि बढाएको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेश गरिने कम्पनीले जनाएको छ।


