दमौली । तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग‚ व्यवसाय गर्नेको संख्या बढेको छ । एक वर्षमा तनहुँमा ६७० ओटा नयाँ उद्योग दर्ता भएका छन् ।
एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ ओटा उद्योग र ३२७ ओटा वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्महरू व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् ।
गत आवमा ४८४ ओटा उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१/८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताए । कार्यालयमा हालसम्म ३ हजार ४७७ ओटा उद्योग तथा व्यवसाय नवीकरण भएका छन् ।



