मुलुकको व्यापार घाटा १२ प्रतिशतले बढ्यो, ३ खर्ब ९५ अर्ब पुग्यो व्यापार घाटा

काठमाडौं । नेपालले तेस्रो मुलुकसँगको व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशको व्यापार घाटा करिब ४ खर्ब पुगेको छ । विभागका अनुसार अघिल्लो वर्ष ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटा रहेकोमा १२.१८ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा पुगेको […]

१४ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

बैंकिङ प्रणालीमा अधिक तरलता ९० अर्व तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । नाफिजले तयार पारेको ‘जेनजी […]

चीनको सेयर बजार १० वर्षयताकै उच्च विन्दुमा, प्रविधि र नीतिगत सुधारले लगानीकर्ता उत्साहित

काठमाडौं । चीनको सेयर बजार हाल १० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। शाङ्घाई कम्पोजिट इन्डेक्सले सन् २०१५, अगस्टयताकै उच्च विन्दुमा पुगेको छ । यो समाचार लेख्दै गर्दा (१०:५४ बजे) उक्त डन्डेक्स ३ हजार ९३८ अंकमा कोरोबार हुँदैछ । यो उल्लेखनीय वृद्धि पछाडी चीन सरकारका सहज नीतिहरु, कृत्रिम बौद्धिकता (AI) र सेमीकन्डक्टर क्षेत्रमा भएको प्रगति र विदेशी […]

नेपालीको लगानी रहेको फ्युजमेशिन्स ‘नास्डाक’मा सूचीकृत

काठमाडौं । नेपाली उद्यमी डा. समीर मास्के द्वारा स्थापित र नेपालीको लगानी रहेको कृत्रिम बौद्धिकता (AI) कम्पनी Fusemachines Inc. ले बिहीबारदेखि अमेरिकी सेयर बजार नास्डाक (NASDAQ) मा आफ्नो साधारण सेयरहरुको कारोबार सुरु गरेको छ। यो उपलब्धि कम्पनीका लागि मात्र नभई विश्वव्यापी प्रविधि क्षेत्रमा नेपाली उद्यमशीलताको ऐतिहासिक पहिचानका रुपमा पनि हेरिएको छ । कम्पनीले यस सूचीकृत […]

हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणको प्रक्रिया बढ्यो

काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अगाडि बढाइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो । सो […]

तिहार अघि २५ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं । तिहार अघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । विभिन्न २५ कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । कार्तिक २ गतेसम्मको अवधिसम्ममा लाभांश घोषणा गरेका कम्पनीहरुले ५ देखि अधिकतम् १८४२ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । यस वर्ष लाभांश घोषणा गरेका अधिकांश कम्पनीले […]

सुनको मूल्यमा तीव्र गिरावट, कारण यस्तो

काठमाडौं । रेकर्ड तोड्दै उकालो लागेको सुनको मूल्य मंगलबार ठूलो अंकले घटेको छ । सुन मंगलबार प्रतिऔंस २३१.६५ डलरले घटेको छ । यो पछिल्ला केही वर्षकै यताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो । मंगलबार सुन प्रतिऔंस ४ हजार १२३.९६ डलर कायम भएको थियो । यता, बुधबार यो समाचार तयार पार्दै गर्दा (९ बजे) सुन ११.७५ […]

राष्ट्रियस्तरका विकास बैंकहरुको पनि घट्यो नाफा, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको पनि नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो । गत वर्ष बैंकहरुले समग्रमा १ अर्ब ६२ करोड नाफा कमाएका थिए […]