असोज १७-१९ को बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित

काठमाडौं ।  यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित […]

अर्थमन्त्री र निजि क्षेत्रका छाता संगठनका नेतृत्वबीच भेटबार्ता सुरक्षाको प्रत्याभूति एवं दण्डहीनता मौलाउन नदिन निजी क्षेत्रको माग

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । नीजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमो आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये […]

प्रधानमन्त्री कार्कीले बोलाइन् विपद् जोखिम न्यूनीकरण परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । उनले बैठकले […]

सञ्चालनमा रहेका ८ म्युचुअल फन्ड मात्रै नाफामा, कुनको अवस्था कस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले भदौ महिनामा समग्र १ अर्ब ४३ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा फन्डहरुले समग्रमा ७ करोड ३० लाख रुपैयाँ नाफा कमाएका थिए । सेयर बजार घटेसँगै यी फन्डहरुको नाफामा पनि गिरावट आएको हो । फन्डको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजारमा […]

बाढीका कारण १० करोड क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं । असोज १७ र १८ गते आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कट्टान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मीटर तटबन्ध कटान भएको छ । जसले गर्दा १० करोड क्षति पुर्याएको भौतिक पूर्वाधार मन्त्रालयको प्रारम्भिक अनुमान छ । सोको प्रारम्भिक विवरण देहाय बमोजिम रहेको छ : १. कन्काई नदीले गौरीगञ्ज २ […]

उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी चलाउन रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी चलाउन रोक लगाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला […]

अविरल वर्षापछि उपत्यकाका नदीमा बढ्यो पानीको बहाव

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कारण उपत्यकाका नदीहरुमा पानीको बहाव बढेको छ । लगातारको बर्षापछि बागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको हो । शनिबार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको छ । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ […]

मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । आज बिहान खसेको पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ । पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ […]

सरकारमा भएकाको बुद्धि नपुग्दा जेनजी युवाको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन् । विजया दशमीको दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । जेनजी युवा आन्दोलनमा ‘नहुनुपर्ने घटना भएको’ भन्दै उनले आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी […]