फाइनान्स समूहबाट मञ्जुश्रीले घोषणा गर्यो लाभांश, अब आइसीएफसीले मात्र दिन सक्ने, बाँकी संस्थाबाट छैन आशा
काठमाडौं । मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको लाभांश क्षमता २६.२३ प्रतिशत भएपनि संस्थाले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । फाइनान्स समूहमा लाभांश क्षमता भएका ४ कम्पनीमध्ये एउटाले प्रतिफल प्रस्ताव गरेको हो । […]

