अर्थमन्त्री रामेश्वर खनालले गरे पदभार ग्रहण

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्  । उनी हिजो अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनले शीतलनिवासमा आज बिहान ११।३०  राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्य दुई मन्त्रीहरू कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँगै पद तथा गोपनीयताको शपथ लिएका हुन्। आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित जेनजी प्रदर्शनको बलमा केपी शर्मा ओली […]

अन्तरिम सरकारका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार अपरान्ह मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन्। रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री र ओमप्रकाश अर्यालले गृह , कानुन […]

सोमबार सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै […]

मन्त्रीपरिषद् विस्तार : अर्थमन्त्रीमा खनाल, कुलमानलाई ऊर्जा, र गृहमा अर्याल, आज शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ लिएको ३ दिन पछि मन्त्रीपरिषद् विस्तार गरेकी छिन् । उनले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी हुन् । नयाँ मन्त्रीहरुमा अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त भएका हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन् । घिसिङ नेपाल विद्युत प्राधिकरणको पूर्व कार्यकारी […]

पहिलो महिला महान्यायाधिवक्ता बेन्ने इतिहास बनाइन सविता भण्डारी बरालले

काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधीवक्तामा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । आजै मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । […]

सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्ने, ठुलो दाबी पुनर्बीमकले पेश्की रकम दिइ तरलता व्यवस्थापनमा सहजीकरण गर्नु पर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका बारमा   निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । बीमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रममा  निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम […]

दसैँका लागि आजदेखि राष्ट्र बैंकले दिन थाल्यो सुकिला नोट

काठमाडौं । राष्ट्र बैंकले आजदेखि दसैँका लागि सुकिला नोट सटही गर्न सुरु गरेको छ। आगामी असोज १० गतेसम्म सुकिला नोट सटही सुविधा जारी रहने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशक कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले जानकारी […]

जुन संस्थाले शासन चलाएको छ त्यही जलाईएको छ – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं ।नव नियुक्त प्रधानमन्त्री सुसिला कार्कीले  यो आन्दोलनमा  भौतिक सम्पतिको मुलुकका जुन जुन संस्था आबश्यकता थियो त्यहा त्यहा छानि छानि आक्रमण गरेको छ । उनले जुन संस्था जसले शाषन चलाएको छ त्यो संस्थामा आगो लगाएको छ, नेपालीले उक्त काम गरेको हो भने त्यस्तालई नेपाली कसरी भन्ने  ? भनि प्रश्न समेत गरेकी छिन् । यो सम्बनधमा अनुसन्धान […]

सरकारले जेनजी आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति दिने

काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । साथै, घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्रीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । उनलाई मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरुले स्वागत गरेका थिए ।