असोज १८ गतेयता परेको वर्षा तथा बाढीको क्षतिमा ३ अर्ब ७८ करोडको बिमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं । गएको असोज १८ गतेयता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म पौने ४ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेको छ । बाढीले पुर्‍याएको क्षतिबापत हालसम्म ३ अर्ब ७८ करोड ४० लाखको दाबी परेको बिमा प्राधिकरणले जनाएको छ । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु […]

सेयर लगानीकर्ताको ध्यान कमजोर वित्तीय अवस्थाका कम्पनीमा, ‘सेकेन्डरी मार्केट’ मा जबरजस्ती बढाएको मूल्यमा निरन्तरता कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयरमा आकर्षण बढेको छ । खासगरी, हालसालै आइपीओ बिक्री गरेर सूचीकृत भएका कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका छन् । लगानीकर्ताहरुले आधारभूत तथ्यांकभन्दा बढी बजारको हावा, हल्ला, र छोटो समयमै फाइदा कमाउने मनोवृत्तिमा आधारित निर्णय गरिरहेको देखिन्छ । बजारमा कुनै सीमित समूहको आक्रामक खरिदले […]

व्यक्तिगत घर कर्जा प्रवाह १० प्रतिशतले वृद्धि, कुल ४ खर्ब ३९ अर्ब पुग्यो

काठमाडौं । चालु आवमा बैंक तथा वित्त कम्पनीहरु बाट व्यक्तिगत घर कर्जा प्रवाह १० प्रतिशतले बढेको छ  । राष्ट्र बैंक अनुसार आर्थिक वर्ष २०८२\८३ को असोज सममा ४ खर्ब ३९ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा यो रकम ४३ अर्ब ५ करोड २० लाख रुपैयाँ बढी हो […]

राष्ट्र बैङ्कको बैङ्क तथा वित्तिय संस्थालाई परिपत्र कर्जाको पुनरतालिकीकरण गर्ने देखि ब्यक्तिगत र संस्थागत निक्षेपमा समान ब्याजदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२\०८३को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले १४ मंसिरमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गरेको थियो । सो समिक्षमा, समेटिएका बिषय कार्याँन्वय गराउन बैङ्कले परिपत्र जारी गरेको हो । नेपाल राष्ट्र बैङ्कले जारी […]

म्युचुअल फन्डहरुको लगानीको १८.७५ प्रतिशत हिस्सा बैंकको सेयरमा, ४ वर्षमा आधाले घट्यो, कुन समूहमा कति लगानी ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले स्टक मार्केटमा गरेको कुल लगानीको १८.७५ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा रहेको देखिएको छ । गएको असोजसम्मको रिपोर्ट अनुसार फन्डहरुले वाणिज्य बैंकको ३ करोड ८ लाख भन्दा धेरै कित्ता सेयर होल्ड गरेका छन् । जसको बजार भाउ करिब ९ अर्ब रुपैयाँ जस्तो पर्न जान्छ । फन्डहरुले सेयर बजारमा गरेको […]

मन्त्रिपरिषदको २७ निर्णय सार्वजनिक : भदौ २३ लाई जेनजी सहिद दिवस मनाइने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठक निर्णय सार्वजनिक गरिएको छ । प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवस मनाइने सहित २७ वटा निर्णय मन्त्रिपरिषदले गरेको छ । जसमा आन्दोलनको क्षति मूल्यांकन समितको कार्यविध थप गर्ने देखि लिएर कार्वन व्यापावर नियमावली स्वीकृत गर्ने लगायतका रहेका छन् ।

म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्यो, मार्केट घट्दा २ वटा मात्रै नाफामा

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले गएको कात्तिक महिना समग्रमा ४ अर्ब २४ करोड रुपैयाँ घाटा व्यहोरेका छन् । अघिल्लो महिना अर्थात, असोजसम्म फन्डहरुले समग्रमा ५ अर्ब ४५ करोड घाटा व्यहोरेका थिए । अघिल्लो महिनाको तुलनामा फन्डहरुको नोक्सानी रकम घटेको छ । कात्तिक महिनामा सेयर बजारमा केही सुधार देखिएको थियो । त्यसैले नोक्सानी रकम घटेको […]

ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घट्यो, स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा घटाएको छ भने स्थायी निक्षेप सुविधाको ब्याजदर स्थिर राखेको छ । सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले […]

लघुवित्तबाट प्रवाह हुने कर्जाको अधिकतम सीमा बढ्यो, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिको भन्दा १ प्रतिशत विन्दुले कम गर्नु पर्ने व्यवस्था हट्यो

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अघिकतम सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरेको छ । साथै, लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा […]

१ वर्षमा ३३ कम्पनीको ‘लकइन’ खुल्दै, कुनको कहिले ?  

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटाको ‘लक इन’ अवधि १ वर्षभन्दा कम समयमा सकिंदैछ । तथ्यांक अनुसार ३३ मध्ये २७ वटा हाइड्रोपावर कम्पनीहरुको लकइन ३६५ दिन भन्दा कम समयमा सकिंदैछ । त्यसैगरी, ३ वटा सिमेन्ट साथै, होटल्स तथा पर्यटन, लगानी र अन्य समूहको एक-एक वटा कम्पनीको लक इन खुल्दैछ । हालको व्यवस्था अनुसार कुनै पनि […]