बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लागत ३ खर्ब ७४ अर्ब, सरकारको ८० र विद्युत प्राधिकरणको २० प्रतिशत सेयर रहने

काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित आयोजनाको लागि ४ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । निर्माण अवधिको व्याजसहित कूल लागतका […]

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ […]

धितोपत्रमा वाणिज्य बैंकहरूको १५ खर्ब बढी लगानी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको छ । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असारको तुलनामा असोज मसान्तमा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी ६ दशमलव ३६ प्रतिशतले बढेको छ । गत असार मसान्तको वित्तीय […]

संसदीय समितिमा कुलमानको दाबी : भारतसँग उच्च दरमा विद्युत खरिद गरी मुलुकलाई ३ अर्बको फाइदा पुरायौं

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले भारतबाट उच्च दरमा विद्युत खरिद गरी मुलुकलाई अर्बको फाइदा पुराइएको बताएका छन् । उनले संसदीय समितिमा उक्त दाबी गरेका हुन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमबार बोल्दै मन्त्री घिसिङले विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट भारतीय २१ पैसा उच्च दरमा विद्युत खरिद गरी […]

कर्णालीका तीन क्षेत्रमा ६२ अर्ब बढी कर्जा प्रवाह, कृषि र औद्योगिक कर्जा घट्दा सेवा कर्जामा भने वृद्धि

काठमाडौं । कर्णाली प्रदेशमा गत आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाह ६२ अर्ब बढी रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि २०८१/८२ अध्ययन प्रतिवेदन अनुरुप सेवा क्षेत्रमा कर्जा प्रवाह बढ्दा कृषि र औद्योगिक क्षेत्रमा कर्जा प्रवाह घटेको छ । कर्णाली प्रदेशका १० वटा जिल्लाहरु सुर्खेत, सल्यान, दैलेख, हुम्ला, जुम्ला, जारकोटर, कालिकोट, […]

हाइड्रोपावर कम्पनीहरुले कमाए ५ अर्ब ७० करोड नाफा, कुनको कति ?

काठमाडौं । सूचीकृत ९७ मध्ये ९२ वटा हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ अर्ब ७० करोड ८० लाख रुपैयाँ नाफा कमाएका छन् । हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको छ । त्यस्तै, बैंकको ब्याजदर घट्दा हाइड्रापावर कम्पनीहरुको वित्तीय खर्च पनि केही कम भएको छ । त्यसैले नाफामा सुधार आएको हो । रिपोर्ट […]

एनएमबि बैंकको १० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात […]

लगानी समूहका कम्पनीहरुले कमाए ८८ करोड १० लाख नाफा, अन्य वित्तीय सूचक कस्ता छन् ?

काठमाडौं । लगानी समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ८८ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.५८ पतिशत कम हो । गत वर्षको असोजसम्म १ अर्ब ९ करोड नाफा कमाएका थिए । कम्पनीहरुको कुल आम्दानी १९.१६ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । गत […]

बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह, कुन बैंकबाट कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२\८३ को असोजसम्म बैंक तथा वित्त कम्पनीहरुबाट १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । गत आवको तुलनामा यो रकम ३६.९७ प्रतिशत अर्थात, ३९ […]

वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व ८१ खर्ब पुग्यो, कस्तो छ निक्षेप, लगानी र कर्जाको अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति / दायित्व १२ प्रतिशत (रु.८६७ अर्ब ७८ करोड) ले वृद्धि भई रु.८० खर्ब ९५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति / दायित्व १२.९ […]