आशा लघुवित्त र नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा

काठमाडौं । आशा लघुवित्तको कात्तिक २८ गते बसेको सञ्चालक समिति बैठकले ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । त्यस्तै, नेपाल हाइड्रो डेभलोपरको कात्तिक २८ […]

लुम्बिनी प्रदेश : औद्योगिक कर्जा करिब ७ प्रतिशतले बढ्दा कस्तो छ क्षेत्रगत कर्जा प्रवाहको स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा र सबैभन्दा कम विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा रहेको बताएको छ । गत आर्थिक वर्ष २०८१/ ८२ मा लुम्बिनी प्रदेशको औद्योगिक कर्जा मध्ये बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा ४३.६३ […]

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । निगमले साविकको खुद्रा बिक्री मूल्यमा  पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । […]

ग्रीन भेन्चर्सको विद्युत बिक्रीबाट हुने आम्दानी ५७ करोड ६० लाख, नाफा ३० करोड २८ लाख

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३० करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका विद्युत बिक्रीबाट हुने आम्दानी ५६ करोड ७८ लाखबाट बढेर […]

हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार, विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढ्यो

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गर्ने २३ वटा हाइड्रोपावरले २ अर्ब ११ करोड नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६८.३८ प्रतिशत धेरै हो । गत वर्षको पहिलो त्रैमासमा यी कम्पनीहरुले समग्रमा १ अर्ब २५ करोड नाफा कमाएका थिए । २३ […]

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी ९२ करोड ४६ लाख, कमायो ४९ करोड ४८ लाख नाफा

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको असोजसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ८६ करोड ७१ लाखबाट बढेर ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी […]

लघुवित्त संस्थाहरुको नाफामा भारी सुधार, प्रतिसेयर आम्दानी ५० रुपैयाँसम्म, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २१ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार यी संस्थाहरुको नाफामा भारी सुधार देखिएको छ । २१ वटा लघुवित्तले ३ महिनामा ६१ करोड ७१ लाख नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ७६९ प्रतिशत धेरै हो । गत वर्षको असोजमा […]

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र […]

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ४० प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसैगरी, बोनस सेयर वितरण पछि कायम हुने पुँजीमा […]

अपि पावरको नाफा २६ करोड २७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी ४७ करोड ५२ […]