धमाधम लाभांश घोषणा गर्दै कम्पनीहरु, १३ वटाको बुक क्लोज हुन बाँकी,  कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ वटा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये ८ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, २ फाइनान्स, एउटा होटल्स तथा पर्यटन, ८ वटा हाइड्रोपावर, २ वटा लगानी, ३ वटा उत्पादन तथा प्रशोधन, एउटा अन्य र २ वटा लघुवित्त समूहका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा […]

राधी विद्युत कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४ करोड ६३ लाख, कमायो २७ करोड ८५ लाख नाफा, प्रतिसेयर आम्दानी ६०.५८ रुपैयाँ

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८११.६३ प्रतिशत बढी हो । गत वर्षको असोजसम्म कम्पनीले  ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ८८ लाखबाट बढेर […]

साहस ऊर्जाको २१ प्रतिशत बोनस सेयर घोषणा

काठमाडौं । साहस ऊर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २२.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । त्यसैगरी, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको […]

आधा भन्दा बढी फाइनान्स कम्पनीहरु घाटामा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । फाइनान्स कम्पनीहरुले असोजसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको खुद घाटा व्यहोरेका छन् । गत वर्षको सोही अवधिमा फाइनान्सहरुले समग्रमा ९ करोड २३ लाख नाफा कमाएका थिए । रिपोर्ट अनुसार १५ कम्पनीमध्ये ८ वटाले खुद घाटा व्यहोरेका छन् । खराब कर्जामा देखिएको वृद्धिका कारण बैंक तथा वित्ती संस्थाहरुले थुप्रै रकम प्रभोजनका लागि छुट्याएका छन् […]

राष्ट्र बैंकले गर्‍यो २ बैंकलाई कारबाही

काठमाडौं । नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको निर्देशन अनुपालना नगरेकोले पहिलो त्रैमासमा कुमारी बैंकलाई कारबाही गरिएको हो । कालोसूचीमा रहेका व्यक्ति तथा संस्थाको बैंकिङ्ग कारोबार गरेकाले कुमारी बैंकलाई कारबाही […]

विकास बैंकहरुले नाफामा गिरावट, खुद ब्याज आम्दानी ५ अर्ब ३० करोड

काठमाडौं । सूचीकृत १४ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ६ वटा बैंकहरुले घाटा व्यहोरेका छन् । क्षेतीयस्तरका विकास बैंकहरुले धेरै घाटा व्यहोरेका हुन् । बैंकहरुले असोजसम्म ५ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२९ प्रतिशत […]

नियमित काममा फर्किने सहमतमा पनि रोकिएन सेबोनको आन्दोलन, आन्दोलनको ‘मोडालिटी’ भने परिवर्तन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरु काममा फर्किने भएका छन् । अर्थ मन्त्रालय र सेबोनका अधिकारीबीच सहमति जुटे सँगै उनीहरु नियमित काममा फर्किने भएका हुन् । डेढ महिनादेखि निरन्तर काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारी अर्थ मन्त्रालयको दोस्रो निर्देशनसँगै काममा फर्किएका हुन्। अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि २०७१ र […]

आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८ नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

भ्रष्टाचार नरोकी आर्थिक सुधार सम्भव हुँदैन -अर्थमन्त्री रामेश्वर खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सरकारको महत्वपूर्ण साझेदारका रूपमा रहेको बताएका छन् । उनले देशभित्र भ्रष्टाचार रोक्न नसके आर्थिसुधार सम्भव नहुने स्पष्ट पार्दै पारदर्शिता र सुशासनमा सरकार प्रतिबद्ध रहेको जनाए । नेपाल उधोग बाणिज्य महासंघले शनिबार आयोजना गरेको आर्थिक वहस २-० मा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले  भन्सार प्रशासनमा […]

नेपालमा लगानी गर्ने उपयुक्त समय हो : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले हालको अवस्था लगानीका लागि अनुकूल रहेको बताएका छन्। उनले अहिले ब्याजदर सस्तो रहेको बताउँदै निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २_० कार्यक्रममा उनले राष्ट्र बैंकमा हाल करिब ८ सय अर्ब रुपैयाँ ‘पार्क’ भएको छ, जसले […]