सडक विभागलाई ठूला आयोजना केन्द्रित बनाइने, प्रत्येक निर्वाचन क्षेत्रलाई एउटा सडक

काठमाडौं । देशको सडक तथा पूर्वाधार व्यवस्थापनलाई पुनःसंरचना गर्ने क्रममा सडक विभागलाई ठूला तथा राष्ट्रिय महत्त्वका आयोजनामा मात्र केन्द्रित गर्ने प्रस्ताव अघि सारिएको छ । हाल भइरहेको छलफलअनुसार विभागले अब साना तथा स्थानीय स्तरका नयाँ आयोजना नलिने नीति अपनाउने तयारी गरिएको छ । राष्ट्रिय योजना आयोगका एक सदस्यका अनुसार सडक विभागको कार्यक्षेत्रलाई स्पष्ट रुपमा ठूला […]

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी । महेश-धापुङ-ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयको अगुवाइमा यो सडक निर्माण भएको हो । यो बाटो १६ वर्ष अगाडि खुलेको हो तर स्तरोन्नति एवं मर्मतसम्भार नहुँदा जीर्ण थियो । मंगला गाउँपालिका–३ पखेरदेखि आलडाँडासम्म तीन किलोमिटर ५०० मिटर ढलान र ग्राभेल भएको छ । यो सडक स्तरोन्नति गर्न रु पाँच […]

अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको निर्माणकार्य डेढ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव […]

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क […]

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी।  म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको मुना जोड्ने छोटो दूरीको र वैकल्पिक सडक हो । चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको […]

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन

झापा। खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ। ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ। पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो । उद्योगको १२ […]

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले यही वैशाख १० गतेदेखि ३० गतेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । उक्त खण्डको झन्डै तीन किलोमिटर सडक अहिले […]

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

तनहुँ। विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ । विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग […]

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

चितवन।  पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कामा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा आयोजनाको […]

यसरी फेरिदैछ रुपाको रुप

गण्डकी । अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा […]