ट्रेड युनियन नेपाल बैंकको अध्यक्षमा सुवेदी निर्वाचित
काठमाडौं । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशनबाट गोविन्द प्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । देशभरीबाट करीब ५०० जनाभन्दा बढी क्रियाशील सदस्यहरूको उपस्थितिमा दुई दिनसम्म चलेको सो अधिवेशनबाट सुवेदीको नेतृत्वमा महासचिव मोहन कुमार श्रेष्ठ सहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित भएका हुन् । […]

