‘फेस्टिभल क्याम्प’ सुरु : सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारमा प्रोत्साहन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि १६ वटा विद्यालय (केन्द्र)मा एकैपटक ‘फेस्टिभल क्याम्प’ को उद्घाटन गरेको छ । सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई दशैँ तिहारबिच छुट्टीको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि क्याम्प सञ्चालन गरिएको हो । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य हो । […]

