विद्यालयका सटर असार ७ सम्म बन्द नगर्न, काठमाण्डौ महागनरपालिकालाई अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक ठको भवनका सटरलाई बन्द नगर्न आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर बलजफ्ती बन्द गर्ने गराउने काम नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । तुलसीप्रसाद अगस्तीले मंगलबार दिएको रिटमा उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले बुधबार […]

महानगर परिसरका सबै अस्पताललाई १५ दिन भित्र आफ्नै औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाण्डौ महागरपालिकाले महानगरपालिका भित्र संचालन भएका अस्पताललाई १५ दिन भित्र आफ्ने औषधि पसल संचालन गर्न भनेको छ । महानगरपालिकाले नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सम्मानित सर्वोच्च अदालतको २०७४।६।२को  आदेशका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था भएको उल्लेख गर्दै आफ्नै […]

भत्काएको सडक दुई दिनभित्र बनाउन बालेनलाई सडक बिभागको अल्टिमेटम

काठमाडौं । संघीय सरकार अन्तरगत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाएको छ । सो सडक दुई दिन भित्र बनाउन सडक डिभिजन कार्यालय, काठमाण्डौंले काठमाण्डौं महानगरपालिकालाई निर्देशन दिएको छ । सडक बिभागले भनेको छ  महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही […]

अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौं महानगरपालिकाको १०/१० लाख अनुदान सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १०/ १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको […]