चीनले नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने भएको छ। आगामी वैशाख १९ (मे १ तारिख २०२४) देखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको छ। नेपालले सन् २०१६ देखि नै चिनियाँ नागरिकलाई निःशुल्क भिसा दिँदै आइरहेको छ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई […]