उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी […]

रारामा अस्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट खुल्दै :लगानी सम्मेलन

काठमाडौं ।  ‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ। राराको मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले साझेदारी गर्ने भएको हो। काठमाडौंमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट […]

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर्षित गर्न र स्वदेशी लगानीलाई प्रोत्साहन गर्न लगानी सम्मेलनको आयोजना गर्ने गरिन्छ । गोरखा भूकम्प, कोभिडपछि लगानीकर्ताको जोखिम बहन क्षमतामा ह्रास आएको छ भने विश्वमा आएको आर्थिक मन्दीको असर हाम्रोजस्तो मुलुकमा बढी नै परेको सन्दर्भमा बाह्य लगानीको […]

लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै

काठमाडौं । हिजोदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुनेछ । सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् । पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ । सो छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, […]

नेपाल जति सुन्दर छ, त्यतिनै लगानीको सम्भावना छ : प्रमुख हुई

काठमाडौं । चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लिउ झाओ हुईले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन्। आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै हुईले नेपालले लगानीको लागि गरेको प्रयासलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाल जति सुन्दर छ त्यतिनै लगानीको सम्भावना पनि छ। नेपालले आफ्नो सम्पदा, जलविद्युत, पर्यटन, लगायतका […]

लगानी सम्मेलन उद्घाटनमा निजी क्षेत्रबीच दुई वटा सम्झौता

काठमाडौं । काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा निजी क्षेत्रबीच आज दुई वटा सम्झौता भएका छन् । सम्मलेनको उद्घाटनसत्रपछि स्वदेशी तथा विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यका लागि सम्झौता भएको हो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । […]

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ देशका लगानीकर्ता नेपालमा

काठमाडौं । आइतबारदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु हुँदैछ। यसमा १५१ वटा परियोजना ‘सोकेस’ मा राखिएको छ। यसअघिका दुई वटा सम्मेलनको निरन्तरताकै रूपमा आयोजना गर्न लागिएको तेस्रो लगानी सम्मेलन काठमाडौँमा आयोजना हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बिहान औपचारिक उद्घाटन गरेपछि सुरु हुने सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उद्घाटन सत्रमा […]

लगानीका निम्ति आशयपत्र आह्वान गरिने २० परियोजना, छन् यस्ता

काठमाडौं । आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० […]

लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ। पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना […]

लगानी सम्मेलनः १ हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन […]