लालिगुराँस सहकारीका प्रमुख अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको थियो । बचतकर्ताको रकमबाट सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न निजी कम्पनी र घरजग्गामा लगानी गरी रकम दुरुपयोग गरेका थिए […]