चक्रपथ दोस्रो खण्डको डिजाइन स्वीकृत, विष्णुमतीमा ५६० मिटर ओभरपाससहित ८ लेन सडक निर्माण हुने
काठमाडौं । लामो समयदेखि रोकिएको काठमाडौं चक्रपथको दोस्रो खण्ड (कलंकी–वसुन्धरा) विस्तारले अब ठोस गति लिने भएको छ। चीन सरकारले तयार गरेको विस्तृत डिजाइनमा नेपाल सरकारले सहमति जनाएसँगै निर्माण प्रक्रियाको सबैभन्दा महत्वपूर्ण चरण पार भएको हो। ८.२ किलोमिटर लामो यो सडकखण्ड चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुन लागेको हो। सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन […]

