बजेटमार्फत अर्थमन्त्रीको सुधारः अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न आगामी आर्थिक वर्षको बजेटमा नयाँ व्यवस्था ल्याएका छन् । पुनले मूल्य अभिवृद्धिकर नियमावलीमा संशोधनमार्फत भ्याट बिल जारी गर्दा ‘हार्मोनाइज्ड’ (एचएस) कोड अनिवार्य गरेका हुन् । एसएस कोड भनेको सामानको पहिचान (आइडेन्टिटी) नम्बर हो । मूल्य अभिवृद्धि कर (२६औं संशोधन_ नियमावली–०८१ […]

गेमिङ फोन इन्फिनिक्स जीटी २० प्रो नेपालमा सार्वजनिक हुने

काठमाडौं । युवा उपभोक्ताहरूका लागि तयार पारिएको इन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ र नेपालमा पनि चाँडै लन्च गर्दैछ। यो इन्फिनिक्सको डुअल चिप्स(Dual Chips) सहितको पहिलो फ्ल्यागशिप एस्पोर्ट्स-स्तरको फोन हो। दक्षिण एशिया (CSA) क्षेत्रहरूमा प्रतिष्ठित PUBG मोबाइल सुपर लिग (PMSL) को लागि आधिकारिक गेमिङ फोनको रूपमा, Infinix ले मोबाइल गेमरहरूलाई अतुलनीय […]

बझाङ्गको चैनपुरमा प्रभु बैंक को ३०४ औं शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका वडा नम्बर १० बझाङ्ग मा स्थित चैनपुरमा आप्mनो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा […]

फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने

काठमाडौं । दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्धेश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध […]

एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् । साधारणसभाले केन्द्रीय कार्यालय […]

गोलभेडाको मुल्य घट्दा, काउली र बन्दाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य छटेको छ हिजो प्रति के जी ५५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी ४३.३३ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा २१.२२ प्रतिसतले कम हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार […]

वृद्ध भत्ता सहित सामाजिक सुरक्षाको नाममा ३ खर्ब भन्दा धेरै रकम वितरण

काठमाडौं । राजनीतिक हतियार बनाइएको सामाजिक सुरक्षा भत्ता वापत् सरकारले पछिल्लो चार वर्षमा ३ खर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । गृह मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सरकारले सामाजिक सुरक्षा भत्ता वापत् ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ वितरण तथा खर्च गरेको छ । सामाजिक सुरक्षा […]

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिए। छलफलमा […]

यूनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा: १५ प्रतिशत हकप्रद र सञ्चालक थप गर्ने प्रस्ताव

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा बिहीबार सम्पन्न भएको छ। नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुँता पूँजी पुर्याउन र कम्पनी ऐन अनुसार संस्थापक तथा सर्वसाधारण शेयर अनुपातमा प्रतिनिधित्व गराउन कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्नुपर्ने भएकोले विशेष साधारण सभा बोलाएको हो। नियामकले कम्पनीको पूँजी सम्बन्धमा वैशाख १७ गतेको पत्रबाट २०८१ असार मसान्त भित्र […]

बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालनमा, दैनिक बिहान ६ देखि राति ११ बजेसम्म चल्ने

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन्। परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो। व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन्। अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक […]