CLI
Global College

यूनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा: १५ प्रतिशत हकप्रद र सञ्चालक थप गर्ने प्रस्ताव

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा बिहीबार सम्पन्न भएको छ। नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुँता पूँजी पुर्याउन र कम्पनी ऐन अनुसार संस्थापक तथा सर्वसाधारण शेयर अनुपातमा प्रतिनिधित्व गराउन कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्नुपर्ने भएकोले विशेष साधारण सभा बोलाएको हो।

नियामकले कम्पनीको पूँजी सम्बन्धमा वैशाख १७ गतेको पत्रबाट २०८१ असार मसान्त भित्र बीमक दर्ता तथा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न आवश्यक सबै प्रकृया सम्पन्न गर्न निर्देशन दिएको थियो। हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतसम्म हकप्रद शेयर जारी गर्न प्राधिकरणबाट जेठ १६ गतेको पत्रबाट सैद्धान्तिक सहमति प्रदान भए अनुरुप विशेष प्रस्ताव पारित गर्न र हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि हुने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नु पर्ने भएकोले विशेष साधारण सभामा आह्वान गरेको हो।

प्राधिकरणबाट संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ५१ः४९ रहे बमोजिम संचालक समितिमा समेत सो अनुपातमा प्रतिनिधित्व गराउने सन्दर्भमा संस्थापकको तर्फबाट ३ जना, सर्वसाधारणको तर्फबाट ३ जना र स्वतन्त्र संचालक १ जनाको प्रतिनिधित्व हुने गरी कम्पनी ऐन, २०६३ को दफा ८६(२) बमोजिम एक जना महिला संचालक समेत समावेश हुने गरी साधारण सभामा विशेष प्रस्ताव राखी सोही अनुपातमा प्रतिनिधित्व कायम गराउने व्यवस्था गर्नु भनेर २०८१ वैशाख ९ गतेको पत्रबाट निर्देशन प्राप्त भएको थियो। सोही बमोजिम कम्पनीको प्रवन्धपत्र एवं नियमावली संशोधन गर्न कम्पनीले विशेष साधारण सभा आह्वान गरेको जानकारी दिएको छ।
सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ को १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयर बराबर १५ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ। यसैगरी हकप्रद शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी बृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्ने छ। सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने र कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने निर्णय गरिएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीले जेठ २९ गतेसम्मको अवधिमा बीमालेख जारी संख्या २ लाख २ हजार ६१८ बीमाशुल्क वापत २ अर्ब ३६ करोड ७८ लाख ७७ हजार ९३९ रुपैयाँ आर्जन गरि तेस्रो त्रैमाससम्म २७ करोड ४२ लाख २४ हजार २१५ रुपैयाँ खुद नाफा आर्जन भएको छ । कम्पनीले विगतको वर्षहरुमा भुक्तानी गर्न बाँकी दाबी संख्या क्रमशः घटाई सोहि अवधिमा ८ हजार १८१ वटा दावीको रकम १ अर्ब २६ करोड ६४ लाख ९४ हजार ५६८ रुपैयाँ दाबी भुक्तानी गरेको छ। र कोभिड बीमा दाबी बाहेक भुक्तानी गर्न बाँकी दाबी संख्या ३ हजार ७३७ कायम गर्न सफल भएका भएको कम्पनीले जानकारी दिएको छ। यसैगरी कम्पनीको पुनर्बीमा कम्पनीहरु सँगको पुराना हिसाब किताब राफसाफ गरि व्यवसायिक सम्बन्ध सुधार गर्ने कार्यहरु भइरहेको छ जसको फलःस्वरुप कम्पनीप्रति पुनर्बीमा कम्पनीहरुको विश्वासमा अभिवृद्धि भई आगामी वर्ष पुनर्बीमा कमिशनमा बृद्धि हुन सक्ने र कम्पनीलाई लाभदायक पुनर्बीमा संम्झौता गर्न सुविधा हुने जानकारी दिएको छ।

Leave Your Comment

Related News