आन्तरिक राजश्व बिभाग अन्तर्गत १२३ अधिकृतको एकैपटक सरुवा

काठमाडौं । आन्तरिक राजश्व बिभागले एकै पटक १२३ जना कर अधिकृतको सरुवा गरेको  छ । राजश्व बिभागले प्रत्येक बर्ष भदौ असोज महिनाको छेको पारेर सरुवा गर्ने गरेको छ । बिभाग अन्तर्गत २ बर्ष कुनै पनि कार्यलयमा बसेर सेबा गरेको कर्मचारीको अन्तर कार्यलय सरुवा हुने गरेको छ । यो बर्ष पनि बिभागले सोही बमिजिम सरुवा गरेको […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

मनकामना केबलकार आजबाट पुन सुरु केवलकारमा ‘डिजिटल’  प्रविधि भित्रियो

काठमाडौं । विगत देखी मर्मत र मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालन हुने भएको छ  । स्तउन्नतिको लागि केही समय देखि केवलकार ग्राहकोलागि बन्द गरिएको थियो। अब मनकमना दर्शन प्रालिद्वारा सञ्चालित  नेपालको पहिलो ‘केबलकार’ अब  ‘डिजिटल’  प्रविधिमा सञ्चालन हुने छ । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य […]

गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा  अनिल रेग्मी नियुक्त भएका छन् । उनलाई आज बसेको सञ्चालक समितिको बैठकले २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा सोही बैङ्कमा  कार्यरत थिए । उनले २०८० चैत्र १५ गतेदेखि कम्पनीको […]

राष्ट्र बैंकद्धारा बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी छुट्टै नीतिगत व्यवस्था गरेको छ । बैंक खाता रोक्का र फुकुवा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नियमावली २०८१ जारी भएको हो । यो विनियमावली मंगलबार देखि (असोज १गते ) लागू हुनेछ । यसअघि पनि बैंक खाता रोक्का र फुकुवासम्बन्धी […]

सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : सभापति  लामिछाने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सो दाबी गरेका हुन् । “पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन […]

नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको सहकारी क्षेत्रमा बिगबिगी छ : सभापति थापा

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको बिगबिगी खेपिरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति थापाले यस्तो बताएका हुन् । “सहकारी क्षेत्रले ‘फेक’ नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणी, […]

बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर भदौको तुलनामा असोजमा औसतमा ०.१५ प्रतिशतले घटाएका हुन् । वाणिज्य बैंकहरुको भदौमा निक्षेपको औसत ब्याजदर ६.५३ प्रतिशत रहेको थियो । असोजमा निक्षेपको औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ । ९ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउदा २ […]

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा बढ्यो पाँच सय

काठमाडौं । नेपाली बजारमा सोेमबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि १ लाख ५७ हजार ३०० रुपैयाँ तोकिएको छ । […]

संसद वैठक बस्दै, प्रधानमन्त्रीले संवोधन गर्ने

काठमाडौं ।  आज संघीय  संसदको प्रतिनिधिसभाको  बैठक १ बजे बस्दैछ । बैठकमा प्रधामन्त्री के पि शर्मा ओलीले संवोधन गर्ने कार्यसुची रहेको छ । प्रधानमन्त्री के.पी शर्मा ओलीले “राष्ट्रिय सुचना आयोगको बार्षिक प्रतिबेदन, आ ब २०७९\८० “पेश गर्ने आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । बैठकमा […]