RE
Global College

नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको सहकारी क्षेत्रमा बिगबिगी छ : सभापति थापा

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिका सभापति सूर्य थापाले नेपालका सहकारीले नक्कली विवाह, पुनर्विवाह, अंशबन्डाको बिगबिगी खेपिरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समितिले बनाएको प्रतिवेदन पेस गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।

“सहकारी क्षेत्रले ‘फेक’ नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह, साधारणसभा, प्रतिवेदन, शेयर सदस्य, ऋणी, खाता, लेखा परीक्षण सबै सबै फेक छन्,” उनले भने, “यहाँ सहकारीविपरीतका क्रियाकलाप छन् ।”

सभापति थापाले गठन भएयता समितिको ५६ वटा बैठक बसेको जानकारी दिए । “त्यस क्रममा ४७ जना आरोपितसँग त सोधपुछ नै गरियो,” उनले भने ।

NECO

Leave Your Comment

Related News