प्रभु बैंक र बुद्व एयरबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयर को सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका […]

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ । […]

आज देशैभरी पानी पर्ने सम्भावना

काठमाडौं । मौसम  पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ।   बागमती र सुदुरपश्चिम  प्रदेशका  थोरै  स्थानहरुमा  तथा बाँकी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ  । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै […]

सनराईज सेक्युरिटिज (१००) को औपचारिक ब्रोकर कारोवार सुरुवात

काठमाडौं ।  लक्ष्मी सन्राइज बैंकको  शत् प्रतिशत स्वामित्वमा बनेको सनराईज सेक्युरिटिज लिमिटेडको व्यवसायिक सञ्चालन भएको छ  । कम्पनीले एक समारोहका बीच लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपालको  प्रंमुख आथित्थ्यतामा  औपचारिक सुरुवात गरेको हो  । उक्त कार्यक्रममा अध्यक्ष नेपालले  कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायिक […]

घिरौला र कुरिलोको मूल्य बढ्दा अन्य तरकारी कतिमा पाइन्छ ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९५  रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ८६.६७ रहेको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य […]

तने बोडीको मूल्य अत्याधिक बढ्दा, अन्य तरकारीको मुल्य कति? मूल्य सूची सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ९६.६७  रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा थोरै कम हो  । गोलभेडा सानो लोकल मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य […]

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । उनले यो  संयन्त्रका सम्बन्धमा आफू […]

समता घरेलु लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्थाले बिभिन्न पदमा कर्मचारी माग गरेको छ ।  माग गरिएका कर्मचारीमा  सुचना प्रविधि बिभाग सहायक अधिकृत कनिष्ट, अधिकृत सुपरभाइजर, बरिष्ट सहायक, इलाका प्रवन्धक\अनुगमन सहायक अधिकृत, कनिष्ट अधिकृत, शाखा प्रमुख सुपर भाइजर बरिष्ट सहायक, फिल्ड कर्मचारी कनिष्ट सहायक र प्रशिक्षार्थि का लागि आवेदन माग गरेको छ  । सहायक अधिकृत,कनिष्ट अधिकृत, आबेदन […]

सीवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त

काठमाडौं ।सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिकोले २०८१ साउन २४ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि शर्मालाई कम्पनीको प्रमुखमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र […]

आई.एम.ई. लाईफ इन्स्योरेन्सको  प्रमुख कार्यकारी अधिकृतमा पुन कवि फुँयाल नियुक्त

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि.को  प्रमुख कार्यकारी अधिकृतमा पुन  कवि फुँयाल कार्यकालका नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणले पुनः दोस्रो कार्यकालको  लागि स्वीकृति दिएपश्चात उनी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त […]