सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता […]

महिला काण्डमा फस्दैनन्, मुख्य सचिव महिला चाहियोः सांसद रञ्जुकुमारी झा

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मुख्य सचिवको रुपमा महिला हुनु पर्ने बताएकी छिन् । संसदमा मंगलरबार सांसद झाले हाल कामु मुख्य सचिवको रुपमा महिला (लीलादेवी गड्तौला) पठाइएकाले उहाँले सोही पदमा कायम गर्न माग गरेकी हुन्। ‘महिला आन्दोलनको उपलब्धिको रुपमा राष्ट्रपति महिला, सभामुख महिला, प्रधानन्यायाधिशको रुपमा महिलालाई देखे । अब मुख्य सचिवमा महिलाको […]

एसईईको नतिजा अब एनसेल एपमा हेर्न सकिने

काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ । एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ […]

सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ। तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रति तोलामा ५ […]

सिमी, फर्सीको भाउँ बढ्यो, अन्य फलफूल तथा तरकारीको यस्तो मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथातरकारी बजारमा सिमी करिब दुई गुणाले महँगिएको छ। घिउ सिमी लोकल र हाइब्रिड दुबैको भाउ ४५ रुपैयाँले बढेर औसतमा ९५ रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ। सोमबार ३५ रुपैयाँ प्रति किलो कारोबार भएको घिरौला १० रुपैयाँ बढेर ४५ रुपैयाँ पुगेको छ। यस्ते पाकेको र हरियो फर्सी दुबैको भाउ बढेको छ। पाकेको फर्सीको […]

धितोपत्र बोर्ड स्वतन्त्र तथा व्यवसायिक हुनुपर्छ: अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञासा राखेका थिए । जवाफमा पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र […]

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ […]

चित्लाङमा एक बेतमा १ हजार लिटर दूध दिने’सानन’बाख्रा विकास गरिँदै

काठमाडौं । दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन […]

चितवनको कालिकामा ६ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

काठमाडौं । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो । नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका […]

मेड इन नेपाल हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रतो लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यु बिक्री वितरण सुरु भएको छ। नेपालमा नै हुन्डाई भेन्युको को व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी हुन्डाई नेपालः मेड फर योर जोर्नी (HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY )ग्राहकमुखी योजना ल्याएको छ। यस योजनामा हुन्डाई भेन्यू खरिद […]