धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

काठमाडौं । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

विश्वकप २०२६ छनोटः नेपालले अन्तिम खेलमा यमनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले यमनसँग खेल्ने भएको छ। यस अघिका सबै पाँच खेल पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरि सकेको छ। प्रतियोगितामा नेपालले १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन। साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा हुने खेलमा नेपालले गोलको खडेरी चिर्ने अपेक्षा गरिएको छ। खेल नेपाली समय अनुसार […]

साढे ९७ लाख लागतमा तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका९२ र दङ्गीशरण गाउँपालिका ६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिएका हुन् । उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि […]

युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

काठमाडौं । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो। यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो। सम्मेलन जुन १० सम्म चलेको थियो। सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू […]

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

सुनको मुल्य यथावत रहँदा चाँदीको मुल्य घट्यो

काठमाडौं । आज पनि सुनको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेर  १ लाख ४१ हजार कायम रहेको सुनको मुल्य आज मंगलबार पनि  स्थिर रहेको हो । मंगलबार प्रतितोला छापावाला सुनको १ लाख ४१ हजार रुपैयाँमा तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुन प्रति तोला १ लाख […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए। ७० करोड रुपैयाँमा ठेक्का पाएकोे भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका लागि छ हजार रुख कटानका लागि टाँचा लगाइएको […]

मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/0८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम प्रस्तुतिको लागि  आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक राखिएको  छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । […]

कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा

काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उधोगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उधोगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको […]