गृह मन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनवाइ

काठमाडौं ।उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मंगलबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखेको थियो । त्यसअघि न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यो विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश […]