१९ खर्ब ४२ अर्ब पुग्यो विनिमय सञ्चिति, १२.६ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्थाको विवरण अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ बैशाख मसान्तमा २६.२ प्रतिशतले वृद्धि भई १९४२ अर्ब ४० करोड पुगेको जनाइएको छ । अमेरिकी डलरमा […]

राष्ट्र बैंकको रिपोर्टले भन्यो, ‘महँगी घट्यो’

काठमाडौं । २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य […]

नेपाल राष्ट्र बैंकद्वारा सर्बसाधारण र सरोकारवालासँग मौद्रिक नीतिको सुझाब माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका सर्बसाधारण र सरोकारवालाको सुझाव माग गरेको  छ । असार १६ गतेभित्र सुझाव दिन भनेको छ । आगामी साउन १५ भित्र मौद्रिक निति ल्याउने तयारी राष्ट्र बैंकको रहेको छ । राष्ट्र बैंकले सुझाब दिन चाहनेहरुले आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट […]

वित्तीय समावेशीकरण नीति सार्वजनिक, १३ काम गरेर लक्ष्य हासिल गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ। वित्तीय स्थायित्वलाई मध्यनजर गर्दै वित्तीय सेवाको विस्तार, पूगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षण मार्फत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्ने राष्ट्र बैंकले नीति लिएको छ। नीतिले वित्तीय पहुँचको विस्तार, वित्तीय सेवाको प्रयोगमा विस्तार, उद्यमशीलता तथा आर्थिक गतिविधिमा विस्तार, वित्तीय साक्षरता प्रवर्द्धन, […]

हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले जारी गर्यो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि निर्देशन (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था जारी गरेको छ । राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीले अब हायर पर्चेज कर्जा लिने व्यक्तिको विवरण ‘गो एमएल’मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा बुझाउनुपर्नेछ । हायर पर्चेज कम्पनीका लागि राष्ट्र बैंकले […]

बुँदागत रुपमा यस्ता छन् मौद्रिक नीतिको समिक्षाका व्यवस्था

काठमाडौं । राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ ।जारी मौद्रिक नीति समिक्षामा राष्ट्र बैङ्कले मुलभुत रुपमा गरेको ब्याबस्था बुँदागत रुपमा यस्ता छन् । यस्ता छन् राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत गरेका व्यबस्था  – वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको छ । -आन्तरिक तथा वाह्य आर्थिक स्थिति […]

राष्ट्र बैङ्कले घटायो असल ऋणको लागि छुट्या्उनु पर्ने कर्जा नोक्सानीको ब्याब्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति तेस्रो समिक्षा मार्फत असल ऋणको लागि छुट्याउ पर्ने कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजन) घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने प्रोभिजन ०.०५ प्रतिशतले घटाएको हो । बैंक तथा वित्तीय संस्थाहरुद्धारा प्रवाहित असल वर्गमा वर्गिकरण […]

यस्तो छ नेपाल राष्ट्र बैङ्कले जारी गरेको मौद्रिक नीतिको तेस्रो समिक्षा पुर्ण पाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जारी मौद्विरिक नीति समिक्षामा  नेपाल राष्ट्र बैङ्कले  अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । यता, ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ […]

बैंकमा पैसा थुप्रिएपछि आज ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आज पनि ३५ अर्ब तरलता उठाउन लागेको हो । तरलता व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो । आज शुक्रबार पनि ३५ अर्ब खिच्न लागेको हो । बिहीबार केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक […]

धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था को रुपमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ । राष्ट्र बैङ्कको ६९ औँ  बार्षिक उत्सबको अबसरमा सो सम्मान गरेको हो । नेपाल राष्ट्र बैंकले एक विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]