बैंकमा पैसा थुप्रिएपछि आज ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आज पनि ३५ अर्ब तरलता उठाउन लागेको हो । तरलता व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो । आज शुक्रबार पनि ३५ अर्ब खिच्न लागेको हो ।

बिहीबार केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक वित्तीय संस्थाले ७१ अर्ब ८० करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटेर राष्ट्र बैंकले माग गरे भन्दा धेरैको आवेदन दिएका हुन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अधिकतम ब्याजदर ३.०१ र न्यूनतम २.६९ प्रतिशत ब्याज दिएको छ । बिहीबारको निक्षेप संकलनको औसत ब्याजदर २.८४६३ प्रतिशत कायम भएको छ ।

यसअघि जेठ १ गते निष्कासन भएको निक्षेप संकलनको औसत ब्याजदर ३.०१६ प्रतिशत कायम भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार