राष्ट्र बैङ्कले घटायो असल ऋणको लागि छुट्या्उनु पर्ने कर्जा नोक्सानीको ब्याब्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति तेस्रो समिक्षा मार्फत असल ऋणको लागि छुट्याउ पर्ने कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजन) घटाएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने प्रोभिजन ०.०५ प्रतिशतले घटाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुद्धारा प्रवाहित असल वर्गमा वर्गिकरण भएका कर्जाहरु लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी ब्यवस्था १.२५ प्रतिशतत रहेकोमा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घटाएर १.२० प्रतिशत बनाएको छ।

यो ब्यवस्थाले बाणिज्य बैंकहरुलाई असल ऋण वापत गरेको कर्जा नोक्सानी ब्यवस्थाबाट २० अर्ब हाराहारी रकम ऋण दिन थप सहजता प्राप्त हुनेछ।

असल कर्जामा १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थालाई राष्ट्र बैंकले कोरोना महामारीका समयमा बढाएर १.३० प्रतिशत प्रोभिजन गर्न लगाएको थियो । त्यसलाई पछि घटाएर १.२५ प्रतिशत कायम गरिएको थियो । बैंकरहरुले भने कोरोना महामारीअघिकै अर्थात् १ प्रतिशतमात्रै कायम राख्न माग गर्दै आएका थिए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार