लगानी गरेको कम्पनी कालो सूचीमा परेको आधारमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन जारी गरेको छ। चालु आवको मौद्रिक नीतिमा केन्द्रिय बैंकले लगानी गरेको कम्पनी कालो सूचीमा परे पनि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालो सूचीमा नपर्ने उल्लेख थियो । उक्त व्यवस्थालाई केन्द्रिय बैंकले एकीकृत निर्देशन मार्फत स्पष्ट गरेको छ । स्वदेशी (PEVC)  संस्थाको ५० […]

साढे एक अर्बको कोष व्यवस्थापन गर्ने अनुमति माग्दै दुई कोष व्यवस्थापक सेबोन पुगे

काठमाडौं । दुई कोष व्यवस्थापकले साढे एक अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड र ग्लोबल इक्विटी फण्डले कोष व्यवस्थापन गर्न नियामक सेबोनमा आवदेन दिएका हुन्। नेशनल फण्ड म्यानेजमेन्टले ५० करोड रुपैयाँको नेशनल हाइड्रो फण्ड–२ जारी गर्न सेबोनसँग अनुमति माग […]

८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आठ कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ। नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले आठ वटा कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको स्वीकृति प्रदान गरेको हो। हालसम्म सेबोनबाट १२ वटा कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन्। जस अन्तर्गत सेबोनले अवसर इक्विटी […]

ग्लोबल इक्विटी फन्डले एक अर्बको लगानी फन्ड ल्याउँदै, ६ क्षेत्रमा लगानी गर्नेः कार्यकारी निर्देशक डा. मनिष थापाको अन्तरवार्ता

प्राइभेट इक्विटी भेन्चर क्यापिटलको रुपमा स्थापना भएको ग्लोबल इक्विटी फन्डले एक अर्ब रुपैयाँ बराबरको लगानी फन्ड संकलन गर्न नेपाल धितो पत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड वान अन्तर्गत संकलन गर्ने एक अर्ब रुपैयाँ क्लिन इनर्जी, उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, सेवा क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। नेपाल धितोपत्र बोर्ड […]