१० महिनामा ११ खर्ब ९८ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ खर्ब ९८ अर्ब रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको वैशाखसम्मको अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.११९८ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले
वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको
संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार