RE
Global College

विश्व कप लिग टू: नेपाल अमेरिकासँग खेल्दै

काठमाडौं । विश्व कप लिग टू अन्तर्गत आइतबार नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । त्रिदेशीय ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल आइतबार नेपाली समयअनुसार बेलुका ९:१५ मा टेक्सासस्थित ग्राण्ड प्रेरीमा हुँचदैछ ।

सिरिजमा नेपाल, अमेरिका र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म लिग टूमा नेपालको प्रदर्शन खराब रहेको छ । यस अघिका दुई सिरिजमा नेपालले ८ खेल खेलिसकेको छ । जसमा ६ मा हार, १ मा जित तथा १ खेल रद्द हुँदा ३ अंकका साथ सातौं स्थानमा छ ।

अमेरिका भने ९ खेलमा ६ जित र ३ हारका साथ तालिकामा १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपाल र अमेरिका हालसम्म ओडिआईमा ७ पटक आमने सामने भएका छन् । जसमा ४ खेलमा नेपालले जित हात पार्दा २ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की,  कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद र वैकल्पिक खेलाडीमा देव खनाल तथा सागर ढकाल रहेका छन् ।

NECO

Leave Your Comment

Related News