काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ । सिरिजको चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको थियो ।
नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३० रन बनाइन् । ३२ बलको समाना गरेकी उनले आफ्नो पारीमा एक छक्का प्रहार गरेकी थिइन् । यस्तै सम्झना खड्काले २३ रन, पुजा महत्तोले १८ र कविता जोशीले १४ रन जोडिन् । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न चुक्यो ।
नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नेदरल्याण्ड्सकी आरिस विलिङ, क्यारोलिन डे लैङ्ग र हेदर सिजर्सले समान २/२ विकेट लिए । भने इभा लिन्च र इसाबेल भ्यान डेर वोनिङले पनि समान १/१ विकेट लिए ।
नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लीडे सर्वाधिक ४१ रन बनाइन् । ३८ बलको सामना गरेकी उनले ४ चौका र ६ छक्का प्रहार गरेकी थिइन् । हेदर सिजर्स २६, ओपनर फेबे मोल्केनबोयर र रोबिन रिजके समान २१ रन बनाए ।
बलिङ तर्फ नेपालकी सिताराना मगरले ५ विकेट लिइन् । यस्तै मनिषा उपाध्यायले २, कविता जोशी र इन्दु वर्माले समान १/१ विकेट लिए ।


