सबैभन्दा धेरै आम्दानी गरेर बढी घाटा खानेमा अपर तामाकोशी अगाडि, नाफा गर्नेमा साहस शीर्ष स्थानमा, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सूचीकृत ९० वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिमत्रैमाससम्म समग्रमा १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । अपर तामाकोशी एक्लैको घाटा २ अर्ब ५७ करोड रुपैयाँ छ । यसको घाटा धेरै भएको कारण समग्र हाइड्रोपावर कम्पनीहरुको नाफा कम देखिएको हो ।

हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै आम्दानी गरेको भएपनि यसले घाटा व्यहोरेको हो । अघिल्लो वर्षको तुलनामा आम्दानी घटेको छ । वित्तीय खर्चपनि साढे ५ अर्ब रुपैयाँ भन्दा धेरै छ । त्यसैले यो कम्पनी घाटामा गएको हो ।

९० मध्ये ३२ कम्पनीले खुद घाटा व्यहोरेका छन् । सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा साहस उर्जा अगाडि रहेको छ । यसले १२ महिनामा ९० करोड २७ लाख नाफा कमाएको सेयर स्क्रिनिङ सफ्टवेयर स्मार्ट वेल्थ प्रोले जनाएको छ ।

हाइड्रोपावर कम्पनीहरुको चुक्ता पुँजी १ खर्ब ६७ अर्ब ५४ करोड भन्दा धेरै छ । सबैभन्दा धेरै पुँजी अपर तामाकोशीको रहेको छ । यसको २१ अर्ब १८ करोड रुपैयाँ बराबरको पुँजी छ । सबैभन्दा कम पुँजी कुथेली बखरीको १३ करोड ४० लाख रुपैयाँ बराबरको छ ।

यता, जलविद्युत कम्पनीहरुको रिटेन्ड अर्निङ वा जगेडा कोष पनि समग्रमा ऋणात्मक छ । अपर तामाकोशी एक्लैको उक्त कोष ११ अर्ब ५७ करोडले ऋणात्मक छ । त्यसैले पनि समग्र हाइड्रोपावर कम्पनीहरुको जगेडा ऋणात्मक आएको हो ।

९० कम्पनीमध्ये सबैभन्दा धेरै बुटवल पावरको जगेडा कोषमा ३ अर्ब ६८ करोड जम्मा छ । साहसको ३ अर्ब १७ करोड रुपैयाँ जगेडामा जम्मा छ । ४७ कम्पनीको उक्त कोष ऋणात्मक छ । त्यस्तै, सबैभन्दा धेरै विद्युत बिक्री गर्नेमा अपर तामाकोशी अगाडि छ ।

यसले १२ महिनामा ६ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । समग्रमा हाइड्रोपावर कम्पनीहरुले ४१ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत बिक्रीबाट आम्दानी गरेका छन् ।

प्रतिसेयर आम्दानी अपर स्याङगे हाइड्रोपावरको सबैभन्दा धेरै ३४.६६ रुपैयाँ छ । प्रतिसेयर बुक भ्याल्यू भने बुटवल पावरको सबैभन्दा धेरै २०८.०२ रुपैयाँ छ । ४७ कम्पनीको बुक भ्याल्यू १०० भन्दा कम छ ।

हेरौं कुनको कस्तो छ वित्तीय अवस्था :

 

थप जानकारीका लागिः https://app.smartwealthpro.com/  

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार