ग्रीन भेन्चर्सले १८० मेगावाट क्षमताको आयोजना निर्माण गर्दै गरेको कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर खरिद गर्यो

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लिको सेयर खरिद गरेको छ । कम्पनीले भदौ १० गते कालीगण्डकी गर्जको ५१% संस्थापक सेयर खरिद गर्ने सम्झौता सम्पन्न भएको जनाएको छ ।

कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ्ग जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River – PROR) कालीगण्डकी गर्ज हाइड्रोपावर प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । सो आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भईसकेको छ ।

लक्ष्मी सनराईज बैंकको अगुवाईमा विभिन्न बैंकहरुको सहवित्तियकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यस अघिनै वित्तिय व्यवस्थापनको कार्य सम्पन्न भईसकेको छ । सो आयोजनाको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रहेको छ । यसमा ऋण तथा स्वपूँजीको अनुपात ७५ : २५ रहनेछ । यो आयोजनाको निर्माणबाट देशको उर्जा क्षेत्रको विकासमा उल्लेख्य योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार