RE
Global College

नेपाल भियतनामसँग पराजित भएसँगै छनोटको संभावना सकियो

काठमाडौं । एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १–० गोल अन्तरले पराजित भएको छ । लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको हो ।

भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो । नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर गोलमा परिणत भयो । यही गोलमा भियतनामले पहिलो हाफमा १–० को अग्रता बनायो । नेपाल विरुद्ध घरेलु टोली भियतनामले दोस्रो हाफमा पनि दबाब बनायो। तर पाएको मौकालाई सदुपयोग गर्न सकेन। नेपालले पनि ८५ औं मिनेटमा गोल गर्ने मौका गुमायो। दिनेश हेन्जानले क्लोज रेन्जबाट हानेको प्रहार आकाशियो। भियतनामले पनि थप गोल गर्न सकेन् । खेल १–० ले जित्दै भियतनाम महत्वपूर्ण ३ अंक जोड्न सफल रहयो ।

आजको खेल भारी वर्षाको कारण आधा घन्ट ढिला सुरू भएको थियो । आज नेपालका रोहित चन्दले १ सयौं अन्तर्राष्ट्रिय खेल खेले । नेपाल पहिलो लेगमा भियतनामसँग ३–१ ले हारेको थियो। नेपाल भियतनामसँग चौथो भेटमा चौथो पटक नै पराजित भएको छ । यसअघि नेपाल पहिलो खेलमा लाओससँग २–१ ले र मलेसियासँग २–० ले हारेको थियो । ग्रुप ‘एफ’ मा शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ । भियतनाम ९ अंक सहित दोस्रो स्थानमा छ । लाओससँग ३ अंक छ भने नेपाल अंक बिहिन छ ।

NECO

Leave Your Comment

Related News