CLI

सानिगाड हाइड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज (चैत ११) अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँ मूल्यका ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। त्यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ लाख ७० हजार कित्ता (५ करोड ७० लाख रुपैयाँ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Leave Your Comment

Related News